पोखरामा फेवा नव बर्ष महोत्सव शुरु, पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेटमा राख्छौं ₋ मन्त्री आले
पोखरा, ३० चैत/ पोखराको लेकसाइडमा बुधबार देखी १७ औं फेवा नव बर्ष महोत्सव शुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना भएको महोत्सवको पर्यटन तथा संस्कृती मन्त्री प्रेम आलले उद्घाउन गरे । महोत्वको उद्घान गर्दै मन्त्री आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने बताए । उनले नीति तथा कार्यक्रममा राखेर मन्त्रीपरिषद्बाट पास गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए ।
मन्त्री आलेले पोखराका विमानस्थल संचालनका लागि आफुहरु लागि रहेको बताउदै पाँच महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन गरी सक्ने बताए । उनले पोखराको रत्नमन्दिर र हिमा गृह पनि छिटै संचालनमा ल्याएर पर्यटकका लागि थप आक्रषर्ण थप्ने बताए ।
कार्यक्रममा होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, गण्डकी प्रदेशका सांसद राजिब पहारी, दिपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई लगाएतले कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भएका कारण सरकारले पर्यटन क्षेत्रलाई विषेश प्याकेजको व्यवस्था गर्न माग गरेका थिए । नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजीत महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पोखराको फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव संचालन भएको छ ।
आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । पोखराका हल्लनचोक देखी विभिन्न सांस्कृतीक झाँकी सहित महोत्सवस्थल पुगेको थियो । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिएको हो ।