पोखरा, ३ असोज/ विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले…
पुरा पढौ