पोखरा, १३ भदौं / नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका छन् । कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा उनले उम्मेद्वारी घोषणा गरेका हुन् । उनले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गरेका हुन् । सिग्देल हाल नेपाली काँग्रेस कास्कीको सहसचिव हुन् । ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उहाँले भन्नुभयो, पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ…
पुरा पढौ