#धनराज आचार्य

बालक डुबेको खुँडेपोखरीमा तारबार लागउन पोखरा महानगरका प्रमुख आचार्यको निर्देशन

बालक डुबेको खुँडेपोखरीमा तारबार लागउन पोखरा महानगरका प्रमुख आचार्यको निर्देशन
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ पस्याङ स्थित खुँडेपोखरीमा डुबेर ४ वर्षीय बालक सुहान केसीको ज्यान गएको घटना प्रति पोखरा महानगरपालिका गहिरो दुख व्यक्त गरेको छ । पर्वत घर भई हाल पोखरा–५ धारापानीमार्ग बस्दै आएकी सुनिता केसीका ४ वर्षीय छोरा सुहान सोमबार साँझदेखि सम्पर्क विहीन भएकामा खोजी गर्ने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको मृत शरीर खुँडेपोखरीमा फेला पारेको थियो । घट्नाले महानगरपालिकालाई निकै मर्माहत बनाएको भन्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरीलाई तत्काल सुरक्षित बनाइने… पुरा पढौ

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँः मेयर आचार्य

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँः मेयर आचार्य
पोखरा, ६ मंसिर/ पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु।२५ हजार राशिको संरक्षण पुरस्कार समेत हस्तान्तरण गर्नुभयो । पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा… पुरा पढौ

ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भैसकेको  छैन : प्रमुख आचार्य

धनराज आचार्य
पोखरा, ३० कात्तिक/ ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको पोखरा महानगरपालिकाले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको महानगरका प्रमुख धनराज आचार्यले स्पष्ट पार्नुभएको छ ।   ‘आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ, त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो, प्रमुख आचार्यले भन्नुभयो, अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन,… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रमा पुगेर पोखरामा मेयरले भने– अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ला

पोखरा औद्योगिक क्षेत्रमा पुगेर पोखरामा मेयरले भने– अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ला
पोखरा,१२ असोज/ पोखराका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको गुनासो गरेका छन् । ‘यहाँ मेरो घर अगाडिको फोहर उठाउनैपर्छ तर मेरो वडामा भने फाल्न पाइँदैन भन्ने नागरिकहरु छन्’,उनले सो प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै भने,‘अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्लाजस्तो छ ।’ मेयर आचार्य पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले मंगलबार पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै थिए । उनले पोखराको ल्याण्डफिल साइट स्थानन्तरण नभए आउँदो पुसबाट हुने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलो… पुरा पढौ

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिउँ – मेयर आचार्य

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिउँ – मेयर आचार्य
पोखरा, १६ साउन/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भएको छ । पोखरा–१६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि. को हीरक जयन्ती अन्र्तगतको पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रममो उद्घाटन गर्दै प्रमुख आचार्यले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले दक्ष जनशक्ति विदेशीने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसगै प्राविधिक ज्ञान, सिप… पुरा पढौ

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता
पोखरा, १३ साउन/ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण… पुरा पढौ

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ । पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा… पुरा पढौ

पर्यटन मन्त्रालयको विषयगत समितिमा पोखराका मेयर आचार्य

धनराज आचार्य
पोखरा, ६ साउन/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका… पुरा पढौ

पोखराका मेयर धनराज आचार्यको सम्पती ४३ करोड ६१ लाख

धनराज आचार्य
पोखरा, ५ साउन/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक पोखरा महानगरपालिको वेबसाइट मार्फत सार्वजनीक गरेका छन् । मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार… पुरा पढौ

विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइनः मेयर आचार्य

विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइनः मेयर आचार्य
पोखरा, ३२ असार /पोखरा महानगरका मेयर धनराज आचार्यले विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय नरहेको बताएका छन् । शनिबार विहान कालीगण्डकी–पोखरा (लेखाना) १३२ कभी प्रशारण लाइनबाट ६ सय मिटर भूमिगत केवल तथा विरौटा सवस्टेसन निर्माण आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अधिकांस विकास निर्माणका परियोजना अगाडि बढाउँदा निर्माण गर्ने पक्ष र स्थानीय बीच द्धन्द्ध हुनेगरेको चर्चा गर्दै दुबैपक्ष इमान्दार बन्नुपर्ने धारण राखे । ‘निर्माण गर्ने पक्षले पनि के… पुरा पढौ