#जयरानी थारु

जयरानीले जितिन् कीर्तिमान सहित दोश्रो स्वर्ण

जयरानी थारु
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबकी जयरानी थारुले व्यक्तिगत दोश्रो स्वर्ण जितेका छिन् । उनले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमान सहित स्वर्ण जितेकी थिईन् । आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डमा दुरी… पुरा पढौ

एथलेटिक्समा आर्मीका दुई कीर्तिमान

जयरानी थारु
पोखरा ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १… पुरा पढौ