पोखरा, ६ असोज/ गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई प्रहरी काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइपु¥याएको छ । बुद्ध एयरको फ्लाइटबाट पोखरा ल्याइपु¥याइएको हो । सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस भएपछि पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ । उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलन सम्बन्धी विषयमा पक्राउ गरिएको प्रहरीले बताएको छ । जोशीको घरबाट…
पुरा पढौ