छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइपु¥याए

-


     क्लिक गण्डकी     
     असाेज ६ गते २०८१ मा प्रकाशित


छविलाल जोशी

छविलाल जोशी

पोखरा, ६ असोज/ गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई प्रहरी काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइपु¥याएको छ । बुद्ध एयरको फ्लाइटबाट पोखरा ल्याइपु¥याइएको हो ।

सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस भएपछि पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ । उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलन सम्बन्धी विषयमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर बरामद गरेको थियो । उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो ।



Tags: