#गणेश भट्टराई

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई वर्ष सम्मान सम्मानित

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई वर्ष सम्मानबाट सम्मानित
पोखरा, २६ कात्तिक/ पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई पोखरामा वर्ष सम्मानको रुपमा सम्मानित भएका छन् । पोखराको ड्यामसाइड क्लबले शनिबार वर्ष सम्मान विशिष्ट व्यक्तिका रुपमा भट्टरईलाई सम्मानित गरेको हो । भट्टराईलाई नगद १५ हजार, सम्मानपत्र र दोसल्लाले पोखरा १७ कि वडा अध्यक्ष राधिका शाही, क्बलका अध्यक्ष प्रताप गुरुङ लगाएतले सम्मान गरेको थियो । भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । भट्टराइ सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए… पुरा पढौ

गणेश भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

गणेश भट्टराई
पोखरा, १४ असार/ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई अवार्ड प्रदान गरिने छ । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ