प्रमुख समाचार

मनाङलाई हराउँदै एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा, १५ माघ/ आहारारा गोल्डकको ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्दै नयाँ विजेता बनेको छ । खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गरे । मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत फ्रांकलिन कुटे… पुरा पढौ

पोखरामा श्रीकृष्ण ज्वेलरी संचालन

पोखरा, १४ माघ/ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले पोखरामा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका पोखरा ३, नदीपुर निवासी कृष्ण प्रसाद घिमिरेले पोखराको न्यूरोडमा संचालनमा ल्याएका हुन् । विगत २६ बर्ष देखि सुन चाँदी व्यवसायीमा जोडिएका घिमिरे १३ बर्ष अर्कोको पसलमा सेल्समेनको रुपमा काम गरेको अनुभव सम्हाले घिमिरे १२ बर्ष ५ महिनासम्म साझेदारीमा सुन पसल संचालन गरे पनि अब… पुरा पढौ

आहा रारा गोल्डकपमा आर्मी टाइब्रेकमा हराउदै मनाङमस्र्याङ्दी फाइनलमा

पोखरा, १३ माघ/ त्रिभुवन आर्मी क्लबलाई हराउदै मनाङमस्र्याङ्दी क्लब आहा रारा गोल्डकपको २० औं सस्करणको फाईनल प्रबेश गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीलाई ४–३ गोल पराजित गर्दै मनाङ उपाधि निकट पुगेको हो । उपाधिको लागि १४ वर्षपछि फाईनलको ढोका खोलेको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । मनाङले निर्धारित समयमै पाएको पेनाल्टीलाई गुमाउँदा निर्णय पेनाल्टी सुटआउटसम्म धकेलिएको थियो । निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले राम्रा अवसर… पुरा पढौ

मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ आहा राराको फाइनलमा

पोखरा, १२ माघ/ सहित स्मारक ए डिभिजन लिगको शिर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई हराउदै एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । पोखरा रंगशालामा बुधबार एपिएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे भने मछिन्द्रका ओमोलाजा नुरेन करिमले एक गोल गरे । २५… पुरा पढौ

राष्ट्रिय सभाको निर्वाचनः गण्डकीबाट कमला पन्त, सुरेश आले र भुवनबहादुर सुनार बिजयी

पोखरा, १२ माघ / राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तीनै जना बिजयी भएका छन् । गठबन्धनबाट महिला तर्फ कांग्रेसकी कमला पन्त, खुल्ला र दलित तर्फ माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनार बिजयी भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।  निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । निर्वाचन अन्तर्गत महिला कोटामा कमला पन्तल एमालेकी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरीन्… पुरा पढौ

२७ महिने नाबालिका हत्या आरोपमा ठूलोबाउ पक्राउ

स्याङ्जा, १२ माघ/ सत्ताईस महिने भतिजी हत्या आरोपमा ३८ वर्षे बासुदेव ढकाल पक्राउ परेका छन् । सोमबार दिउँसो १ बजे स्याङ्जाको चापाकोट नगरपालिका—७ पिपलछाप निवासी भाईकी छोरी नाबालिका (सुबिना ढकाल)लाई हत्या गर्ने मनसायले भुईंमा पछारेका ठूलाबाउ (बासुदेव) लाई प्रहरीले पक्राउ गरेको छ । नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटकपटक जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो… पुरा पढौ

थ्रीस्टारलाई हराउदै आर्मी आहा राराको सेमिफाईनल प्रवेश

पोखरा, ११ माघ/ २० औं संस्करणको आहा रारा गोल्डकपमा रुस्लान थ्रीस्टारलाई क्र्वाटरफाईनलमै रोक्दै त्रिभुवन आर्मीे सेमिफाईनल प्रवेश गरेको छ । टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लयेर अफ दि म्याच राजीव गुरुङले ७० औं मिनेटमा गोलको खडेरी तोडेका थिए ।आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे । सेन्टर लाईन नजिकै प्रिन्सले बल दिने क्रममा थ्रीस्टारका डिफेण्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का बनाए । आर्मीले अब फाईनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी… पुरा पढौ

कर्मचारीमा कोरोना देखीपछि कास्की मालपोत र नापी कार्यालय एक हप्ता सेवा बन्द

पोखरा, १० माघ/ कास्कीका मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका लागि सेवा प्रभाह बन्द भएको छ । दुबै कार्यालयमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै एक हप्ता सेवा बन्द गरेको जनाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । माघ ११ देखि माघ १७ गते सम्म सेवा बन्द गरेको जनाएको छ । पुरा पढौ

पोखरा विश्वविद्यालयका परीक्षा स्थगित

पोखरा, १० माघ/ कोरोनाका कारण पोखरा विश्वविद्यालयले माघ समान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले माघ १० गते देखी नै लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत माघ मसान्तसम्म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्मका लागि स्थगित गरिएको विज्ञप्ती परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेका छन् । पुरा पढौ

आहाराराः संकटालाई हराउदैै मछिन्द्र सेमिफाइनलमा

पोखरा, १० माघ/ साविक विजेता संकटा क्लबमाथि हराउदै मछिन्द्र फुटबल क्लब २० औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै एपिएफ सगँको भेट पक्का गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काए । १३ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । अभियान प्रधानले जय गुरुङबाट… पुरा पढौ