प्रमुख समाचार

पोखराको फिर्केपुलमा जिप दुर्घटना

पोखराको फिर्केपुलमा जिप दुर्घटना
पोखरा, २८ भदौ/ पोखराका फिर्केपुलमा जिप दुर्घटना भएको छ । बाग्लुङबाट सर्पले टोकेको विरामीलाई लिएर आएको ग१च ८९४० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाबाट पुलको रेलिङ भाचिएको छ भने जिपमा क्षेती पुगेको छ । दुर्घटनमा चालक घाइते भएका छन् । सडक फराकीलो र पुल साघुरो हुदाँ त्यस ठाउँमा दुर्घटनाहरु हुने गरेका छन् । जेनजी आन्दोलनका क्रममा पुल छेउमा राखीएको संकत चिन्न समेत जलाएका कारण चालक अलमलमा परेका थिए । पुरा पढौ

गण्डकी सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

चौबीस घन्टामा सबैभन्दा बढी पानी कास्कीको रिभान, १७ ठाउँमा भारी वर्षा
पोखरा, २८ भदौ/ मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेका कारण दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख गरेको छ । गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा… पुरा पढौ

पोखराका होटलमा तोडफोड र आगजनीबाट तीन अर्ब रुपैयाँ क्षति

पोखराका होटलमा तोडफोड र आगजनीबाट तीन अर्ब रुपैयाँ क्षति
पोखरा, २७ भदौ/ हालै भएको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा सो परिमाण बराबरको क्षति भएको उल्लेख गरिएको हो । विज्ञप्तिमा भनिएको छ, यस प्रकार पर्यटकीय प्रतिष्ठान माथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्सुरेन्स कम्पनी र… पुरा पढौ

पोखरामा साझँ ७ बजे देखी भोली बिहान ५ बजे सम्म कफ्र्यु

पोखरा, २७ भदौ/ पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै राखिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा र कफ्र्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो । शुक्रबार बेलुका ७ बजे देखी शनिबार बिहान ५ सम्म कफ्र्यु कायमै रहेको बताएको छ । त्यस्तै शनिबार बिहान ५ बजेदेखी बिहान १० बजे सम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ, पोखरा लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका… पुरा पढौ

तनहुँमा दुई महिला मृत फेला

तनहुँ, २७ भदौ/ तनहुँमा दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिका–३ देउरालीनगर स्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो । स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको… पुरा पढौ

पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै

पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै
पोखरा, २६ भदौ/ पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै राखिएको छ । बिहीबार जिल्ल प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा र कफ्र्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो । बिहीबार बेलुका ७ बजे देखी शुक्रबार बिहान ५ सम्म कफ्र्यु कायमै रहेको बताएको छ । त्यस्तै शुक्रबार बिहान ४ बजेदेखी बिहान १० बजे सम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ, पोखरा लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका… पुरा पढौ

निजी विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय

निजी विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय
पोखरा, २५ भदौ/ जेनजी आन्दोलनमा देश भर भएको आन्दोलनका कारण निजी विद्यालयहरू बिहीबार र शुक्रबार पनि बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २६ र २७ गते शोक बिदा दिने निर्णय गरेका हुन् । विज्ञप्तिमा देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र… पुरा पढौ

पोखरामा जेनजी प्रदर्शनका क्रममा आगजनीमा २ जनाको मृत्यु

जेनजीको आन्दोलनले पोखरामा के के भयो
पोखरा, २५ भदौ/ पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनीमा जलेर दुई जनाको मृत्यु भएको छ । नयाँबजारस्थित धुब थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै लेकसाइडमा रहेको बगौचामा आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले कास्कीमा निजी तथा सरकारी कार्यालय ध्वस्त भएका छन् । पुरा पढौ

जेनजीको आन्दोलनले पोखरामा के के भयो

जेनजीको आन्दोलनले पोखरामा के के भयो
पोखरा, २४ भदौ/ भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा मंगलबार पनि जारी छ । सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले दमन गरेको निशंस दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् । सरकारी दमनको विरोधमा मंगलबार पनि बिहानैदेखि पोखरामा पनि प्रर्दनशन भएको छ । सरकारी दमनको विरोध र जेन–जी आन्दोलनको पक्षमा पोखरामा कहाँ कहाँ के के भयो । पोखरा महानगरपालिकामा आगजनी पोखरा महानगरपालिकामा आगजनी भएको छ भने सवारी साधन मोटरसाइकल र गाडीमा आगोलगाएका… पुरा पढौ

पोखरा महानगरपालिकामा आगजनी, एक जनालाई गोली लाग्यो

आगोलागि
पोखरा, २४ भदौ/ जेनजीको आन्दोलनकाक्रम पोखरा महानगरपालिकामा आगो लगाएका छन् । महानगरपाालिकाबाट मोटरसाइल निकाले सडकमा आगो लगाएका छन् भने महानगरपालिका भित्र पनि आगो लगाएका छन् । प्रहरीले गोली चलाउदा एक जनालाई गोली लागेको छ । पुरा पढौ