प्रमुख समाचार

बागलुङ र रुकुमपूर्वको सिमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

भूकम्प
पोखरा, १ असोज/ रुकुमपूर्व र बागलुङको सिमा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । रूकुमपूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्ने केन्द्रबिन्दु भएर बेलुका ८ बजेर २५ मिनेट जदाँ ४ दशमलव ६ म्याीग्नच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लामा महशुस गरेका थिए । पुरा पढौ

प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वारी दिने पहारीको घोषणा

माधव पहारी
पोखरा, १ असोज/ आगामी फागुन २१ गते हुने लागेको प्रतिनिधि सभाको निर्वाचनामा पोखरा ६ बैदामका माधव पहारी उमेद्वारी दिने घोषणा गरेको छन् । सामाजीक सञ्जाल फेसबुकबाट उनले आफु कास्की क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिने घोषणा गरेका हुन् । उनले १२ वर्ष अगाडी भएको संधिकान सभाजको निर्वाचनमा पनि उमेद्वारी दिएको बनाउदै फेसबुकमा लेखेका छन् । मैले १२ वर्ष अगाडी पनि स्वतन्त्र रुपमा उमेद्वारी दिएको थिए अब पनि दिनेछु । १२ बर्षमा खोला पनि फर्किन्छ भन्छन । मैले ठिक… पुरा पढौ

पोखरा २६ का अध्यक्ष थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई

पोखरा २६ का अध्यक्ष थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई
पोखरा, १ असोज/ पाँच महिना देखी युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाईएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखी रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन ।रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए । शुरुमा एघारसय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाएपछि छाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए ।… पुरा पढौ

असोज १ गते शोक दिवस मनाउन सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, ३१ भदौ/ सरकारले असोज १ मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय भएको छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्ने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेनजी… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड र आगजनी गर्दा घाइते भएका एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड गर्दा घाइते एक जनाको मृत्यु
पोखरा, २९ भदौ/ जेनजी अन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय तोड्फोड्का क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर १० का ४३ वर्षीय विजय लामाको उपचारका क्रममा मृत्यु भएको हो । आगोले करिब ७० प्रतिशत शरीर जलेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल प्रशासनले लामाको शुक्रबार बिहान मृत्यु भएको जनाएको छ । आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । कास्कीका अधिकांश कार्यालय ध्वस्त भएपछि… पुरा पढौ

मन्त्री विन्दुकुमार थापा भन्छन्ः भौतिक सम्पत्तिहरू जले, आत्मबल जल्न सक्दैन

विन्दुकुमार थापा
पोखरा, २९ भदौ/ जेनजी आन्दोलनको क्रममा पोखरामा सबैभन्दा बढी गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार निशानामा परे । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएको छ । पोखरा महानगरपालिकाबाट सुरु भएको आगजनीले सरकारी संरचनाहरुसँगै मन्त्री थापा लगायत केही रिसोर्ट, केही नेताका घरसम्म जले । नयाँबजारमा रहेको मन्त्रीको थापा र उनकै भाइ ध्रुवको घर तथा गाडी शोरुममा तोडफोड र लुटपाटमात्रै भएन, आगजनीबाट खण्डहर बन्यो । अंशुभरा ग्रुपमार्फत थापाकै छोरा सौगातले नेतृत्व गरेर चलाइरहेको लेकसाइडस्थित बगैंचा रिसोर्टमा पनि… पुरा पढौ

पोखरा महानगरपालिका असोज १ गते देखि सञ्चालन हुने

पोखरा महानगरपालिका
पोखरा, २९ भदौ/ जेनजी आन्दोलनबाट संरचनामा क्षति पुगे क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिने पोखरा महानगरपालिकाले जनाएको छ । ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो । कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए । जेनजीको आन्दोलनका… पुरा पढौ

स्याङ्जा र पाल्पा जोड्ने पुल १४ वर्षमा ९० प्रतिशत भौतिक प्रगति

स्याङ्जा र पाल्पा जोड्ने पुल १४ वर्षमा ९० प्रतिशत भौतिक प्रगति
स्याङ्जा, २८ भदौ/ एउटा पुल बनाउन कति सयम लाग्छ, सरदर ३, ५ वा ७ वर्ष तर स्याङ्जा र पाल्पा जोड्ने गरी स्याङ्जामा बनेको पुल १४ वर्षमा बल्ल ९० प्रतिशत भौतिक प्रगति सकिएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोडिने गरी स्याङ्जाको चापाकोटस्थित दामाचौर र पाल्पाको रामपुरस्थित कालीगण्डकीमा बनेको मोटरेबल ट्रसब्रिज (पुल) निर्माणको अन्तिम चरणमा पुगेको छ । २०६८ सालमा एमएस इलाइट र एसबिए निर्माण कम्पनी जेभी कपन काठमाडौँले चापाकोट नगरपालिका–८ दामाचौर; स्याङ्जा र रामपुर–६ पेकलुक, पाल्पा जोड्ने गरी बन्ने पुल तीन… पुरा पढौ

पोखरामा दोस्रो पर्वतीय दौड असोज ११ गते

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, गुरुङ र बराल सम्मानित
पोखरा, २८ भदौ/ दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी… पुरा पढौ

पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा

पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा
पोखरा, २८ भदौ/ पोखरामा केही दिन देखी लगाइएको कफ्र्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ९ बजेदेखि लागू हुनेगरि कफ्र्यू तथा निषेधाज्ञा हटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । जेन–जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर दिऊसोमा निषेधाज्ञा र राति कफ्र्यू लगाउँदै आइएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न सबै सरोकारवाला सँग अनुरोध गरेकी छन् । पुरा पढौ