प्रमुख समाचार

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
पोखरा, १६ माघ/ पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ । भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो… पुरा पढौ

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै
पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । ५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश… पुरा पढौ

बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित

बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित
पोखरा, १५ माघ/ वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यहरूमध्ये वडा प्रहरी कार्यालय बैदामक प्रहरी नायव उपरीक्षक भट्टराई उत्कृष्ट भएका हुन् । उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले भट्टराईलाई २०८२ साल पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको प्रहरीले जनाएको छ। भट्टराईले जिम्मेवारीपूर्वक, प्रभावकारी रूपमा कार्यसम्पादन गर्दै शान्ति… पुरा पढौ

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत
पोखरा, १५ माघ/ होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र,… पुरा पढौ

पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप

पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप
पोखरा, १५ माघ/ शनिबारदेखि पोखरामा यु १९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने जानकारी दिएको छ । श्रीलंका, पाकिस्तान र माल्दिभ्सको टोली भने अनुपस्थिति रहने एन्फाले जनाएको छ । प्रतियोगितामा पहिलो दिन बंगलादेश र भुटानल पहिलो खेल खेल्दा, नेपाल र भारतले दोस्रो खेल खेल्ने छन् ।एन्फामा सिईयो रत्नकुमार श्रेष्ठले प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार… पुरा पढौ

कालीगण्डकी नदीका पुल निर्माणमा ढिलाइ

कालीगण्डकी नदीका पुल निर्माणमा ढिलाइ
स्याङ्जा, १५ माघ / गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी कालिगण्डकी नदीका विभिन्न स्थानमा निर्माणाधिन झण्डै आधा दर्जन सडक पुल तोकिएको समय सिमाभित्र बन्न नसक्दा अलपत्र अवस्थामा पुगेका छन् । पर्यटकीय क्षेत्रमा अथाहा सम्भावना भएका दुई प्रदेशसँग यातायातको प्रत्यक्ष सञ्जालमा जोड्न निर्माण थालिएका पुल १४ वर्षसम्म निर्माणमा ढिलाइ हुँदा अलपत्र अवस्थामा पुगेका हुन् । स्याङ्जा र पाल्पा जोड्ने गरी निर्माणाधिन ५ वटा पुल र गुल्मी जोड्ने गरी निर्माण भएका दुई पुल समय सिमाभित्र निर्माण हुन नसक्दा म्याद थपेर निर्माण गरिएको… पुरा पढौ

टाइगर कप भलिबलः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

टाइगर कप भलिबलः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
पोखरा, १४ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा… पुरा पढौ

टाइगर कप भलिबलः पुलिसविरुद्ध गण्डकीको सहज जित

टाइगर कप भलिबलः पुलिसविरुद्ध गण्डकीको सहज जित
पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो… पुरा पढौ

टाइगर कप भलिबलः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

टाइगर कप भलिबलः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित
पोखरा, १२ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले… पुरा पढौ

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका प्रभावितलाई शिखर पावरको आईपीओ खुल्यो

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका प्रभावितलाई शिखर पावरको आईपीओ खुल्यो
पोखरा, ६ माघ/ शिखर पावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीमा ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।… पुरा पढौ