आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने

-


     क्लिक गण्डकी     
     पौष २६ गते २०८० मा प्रकाशित


आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने

आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने

पोखरा, २६ पुस/ पोखरामा माघ दोस्रो साता हुने आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् ।

भुटानको पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लबले सगँ डिफेण्डिङ च्याम्पियन सङ्कटा क्बल, नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ ।

माघ ९ गते देखी २० गते सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख खर्च हुने अनुमान रहेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद १२ लाख, उपविजेताले ६ लाख पाउनले क्लबका अध्यक्ष केशबराज बरालले जानकारी दिए । बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको उनले बताए । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् ।

यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व। सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ ।



Tags: