
गगन थापाको गर्जनः भ्रष्टचारी लेखेको व्यानर लेखेपनि छोपेपनि केही हुदैन
पोखरा, ३ पुस/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले सबैलाई समेटेरका कारण सबैलाई समेटेर अगाडी पर्ने बताएका छन् । उनले एक पार्टीको बहुमत पु¥याउन गाह्रो भएको बताउदै अरु पार्टी सगँ मिलेर सरकार बनाउन परेको बताए ।
पोखरामा मंगलबार देखी शुरु भएको नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सभापति देउवाले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता भएको बताए । उनले अरु पार्टीले कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता उन्नत व्यवस्था भएकोले जोगाएर लैजानुपर्ने बताए । उनले कामको गति बढाएर व्यवस्थामाथि प्रश्नगर्नेलाई जवाफ दिनुपर्ने बताए । उनले देशमा केही नभएको भनेर कोलाहल गर्नेहरुलाई कांग्रेसले सम्हालेर सही दिशा दिनुपर्ने बताए । उनले उत्तेजनाको राजनीति जसले गरेपनि हुने बताउदै सम्हाल्ने राजनीति कांग्रेसले गरेको बताए । उनले भ्रष्टचारीलाई हटाउ छौं लेखेपनि व्यान छोपेपनि केही नहुने बताए ।
नेपाली कांग्रेसका अर्को महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन नसकिदै सबै राजनीतिक दलले चुनावको चिन्ता लिदा देश पछाडी परेको बताए । शर्माले सबैले चुनावको चिन्ता लिएपनि कांग्रेसले चुनावको चिन्ता भन्दा पनि देशको चिन्ता लिनु पर्ने बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गुटलाई वैचारिक गुट बनाउनु आवश्यक रहेको बताए । नेता कोइरालाले गुटले पार्टीलाई कमजोर बनाएको बन्दै गुटलाइउ वैचारिक गुटमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।
सम्मेलनमा गण्डकी प्रदेशमा रहेका करिब ५ सय जना प्रतिनिधिहरु सहभागी रहेका छन् । सम्मेलन बुधबार सम्म चल्नेछ । कांग्रेसले सम्मेलनको ब्यानरमा भ्रष्टाचारबाट पार्टीलाई बचाऔ’ लेखेको वाक्य कार्यक्रम सुरु हुनुभन्दा केहि समय अघि छोपिएपछि चर्चा भएको थियो ।
कार्यक्रम हुने स्टेजमा ‘विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऔँ, इमान भएकाहरूलाई जिम्मेवारी राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनः स्थापित गरौँ’ लेखिएको थियो । त्यसबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाएको हो ।







