दुर्गा प्रसाईँको आन्दोलनमा आचार्य श्रीनिवास पक्राउ, केही बेर झडप

-


     क्लिक गण्डकी     
     मंसिर ११ गते २०८० मा प्रकाशित


दुर्गा प्रसाईँको आन्दोलनमा आचार्य श्रीनिवास पक्राउ तस्बिरः नेपालप्रेसबाट

दुर्गा प्रसाईँको आन्दोलनमा आचार्य श्रीनिवास पक्राउ तस्बिरः नेपालप्रेसबाट

काठमाडौं, ११ मंसिर/ व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आज गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

त्रिशूलसहित सडकमा आएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईँको आव्हानमा गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालेका थिए ।

त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले पक्राउ गरेको थियो । केही बेर प्रहरी र प्रर्दशनकारी बिच झडप भएको थियो ।



Tags: