व्यवसाय थन्क्याएर आन्दोलनमा आउन दुर्गा प्रसाईंको अपिल, पोखरामा प्रर्दशन

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०८० मा प्रकाशित


दुर्गा प्रसाईं

दुर्गा प्रसाईं

पोखरा, ८ मंसिर/ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईँले आन्दोलनलाई अझ सशक्त पार्ने उद्घोष गरेको छ ।

राज्यले प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै त्यसले आफूहरूको आन्दोलन झन बलियो र विस्तारित हुँदै गरे दाबी छ ।

अभियानद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ आन्दोलन सुरू गर्न र काठमाडौं उपत्यका लगायत सबै ठाउँमा व्यापार, व्यवसाय, कारखाना, सवारी साधन थन्क्याएर आन्दोलनमा आउने अपिल गरिएको छ ।

आफूहरूको प्रदर्शनमा प्रहरीले लाठी, अश्रुग्यास, रबरको गोली र पानीको फोहरा हानेर समर्थकलाई घाइते, गिरफ्तार गरिएको भन्दै आपत्ति जनाइएको छ ।

त्यसै गरी शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका छन् । उनीहरुले नाराबाजीसहित ¥याली निकालेका थिए ।

प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरुले साथ दिएको उनीहरुको भनाई छ ।



Tags: ,