
लेखनाथको दृष्टिबिहिन आश्रममा आगलागी, करिब ७५ लाख क्षति
पोखरा, ३० कात्तिक/ पोखरा महानगरपालिका २९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिबिहिन आश्रममा आगलागि भएको छ । आगोलागिबाट करिब ७५ लाख बराबरको धनमाल क्षति भएको छ भने पाँच कोठे घर जलेर ध्यस्त भएको छ ।
बुधबार साँझ करिब ९ बजेको समयमा आगोलागि भएको थियो । दृष्टिबिहिन र अपाङ्गगता भएकाहरु ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा लागेर बेच्ने अगरबत्ति, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगाएतका सामग्रीहरु पनि जलेर नस्ट भएका छन् ।
उनीहरुले बजारमा विक्रीका लागि लैजान लागेका करिब ३४ लाख बराबरको सामग्री क्षति भएको दृष्टिबिहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । त्यसै गरी तिहारका बेला उनीहरु विक्रिवितरण गरेर आश्रम मै भएको भएका नगद करिब ९ लाख रुपैया पनि जलेको बताए ।
घरको भवनको करिब २५ लाख र खाद्ययान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले जानकारी दिए । बुधाबार उनीहरु देउसी भैलो खेल्नका लागि पोखराका लेकसाइड गएका रहेछन् सुबेदीले भने राति ९ बजे तिर आगलागि भएको थियो ।
अपाङ्गगता मैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो । आगलागि पछि त्यहाँ बस्दै आएकाहरुको विचल्ली भएको सुबेदीले बताए ।







