
प्रदिप खड्का
पोखरा, ७ असोज/ चीनमा जारी एसियन गेम्समा नेपालले टेनिस तर्फ इष्ट टिमोरलाई पहिलो चरणमा हराएको छ ।
नेपाली राष्ट्रिय टेनिस खेलाडी प्रदिप खड्काले पुरुष एकल तर्फ इष्ट टिमोरका इन्टोनियो मेन्डेसलाई २–० को सेटमा हराए ।
पहिलो सेट ६–० र दोस्रो सेटमा पनि ६–० कै जित हासिल गरेका हुन् । दोस्रो खेलमा उनले जापनको सामना गर्नेछन् ।
यस्तै डबल्स तर्फ भारतसँग ६–२, ६–३ को हार व्यहोरेको छ । प्रदीप पोखराका खेलाडी हुन् ।





