पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०८० मा प्रकाशित


पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ

पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवाश कोठाबाट सुनका बिभिन्न गरगहना चोरी गर्ने दुई जनालाई प्रहरुी पक्राउ गरेको छ ।

करिब १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी आरोपमा पर्सा पर्सागढी नगरपालिका वडा नम्बर २ घर भई हाल जिल्ला कास्की पोखरा १२ बस्ने २२ बर्षीय शिवदेवी चौधरीलाई पक्राउ गरेको छ ।

पीडितको घरमा काम गर्ने शिवदेवीले चोरीका सुनका गरगहनाहरु पोखरा १० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सुनका गरगहनाहरु लुकाउन मोवाई पसलका संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन ६ को म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जनाएको छ ।



Tags: