
जुवा तास
पोखरा, ७ भदौ/ पोखरामा जुवाखेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा ८ मा रहेको लक्ष्मी होटलको ग्राउण्ड फ्लोरमा जुवा खेली रहेको बेला प्रहरी नगद ४ लाख ४७ हजार ८० सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले जानकारी दिए ।
होटल सञ्चालक ईन्द्र बहादुर हिराचन सहित मुस्ताङका मोहन थकाली, नबिन प्रसाद थकाली, पोखरा ८ का शंकर ज्वारचन, पोखरा ९ का महेन्द्रपुलका गुन्ज हिराचन, पोखरा १० रामबजारका राजु गुरुङ र दल बहादुर हिराचनलाई पक्राउ गरेको जोशीले बताए ।
प्रहरीले जुवाखालबाट १ लाख ११ हजार २ सय र व्यक्तिको साथबाट गरी ४ लाख ४७ हजार ८० रुपैया सहित पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले जुवा खेल्न प्रयोग भएको २०८ पत्ति तास समेत नियन्त्रणमा लिएको छ ।





