बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको अध्यक्षमा ईन्द्रराज अर्याल

-


     क्लिक गण्डकी     
     भाद्र ३ गते २०८० मा प्रकाशित


बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको अध्यक्षमा ईन्द्रराज अर्याल

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको

पोखरा, ३ भदौ/ बुद्ध विशाल वजार व्यापारिक एशोसियसन पोखराको २५ औं बार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले ईन्द्रराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । एशोसियसनका उपाध्यक्षमा बुद्धीवहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य चयन भएका छन् । अध्यक्ष चयन अर्यालले संस्थाको व्यवसायिक हकहितका कुरामा र संस्थाको छवि झन् उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेले सरकारले मात्रै विद्यामान आर्थिक संकट टार्न नसक्ने बताउदै निजी क्षेत्र पनि सरकारसँगै हुनुपर्ने बताए । उनले कोरोना संक्रमण मत्थर भएसँगै आर्थिक संकटबाट मुक्त हुने अपेक्षा राखेपनि रुस र युक्रेनबीचको युद्वले झनै शिथिल बनाएको मन्त्री आलेको भनाई थियो ।

पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफु प्रतिवद्व रहेको बताए । एसोसिएसनका मानार्थ सदस्य सुदीप ढकालले एसोसिएसन आज यो अवस्थासम्म आएकोमा आफुलाई निकै खुशी लागेको बताए । संस्थाका अध्यक्ष केशववहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, कोषाध्यक्ष थमनसिंह गुरुङ, महासचिव बुद्धीवहादुर कुँवर, सचिव राजु केसी बर्तमान अवस्था बिसाल बजारका बारेमा बताएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष केशववहादुर खत्रीलाई दीर्घसेवा पदकबाट व्यवसायहिरुको तर्फबाट जेष्ठ सदस्य राधेश्याम खेतानले सम्मान गरेका थिए । त्यसैगरि अधिवेसनको अवसरमा संस्थाका महासचिव बुद्धीवहादुर कुँवर र प्रवत्ता तथा प्रेस संयोजक मनोहरि पौडेललाई रजत पदकबाट सम्मान गरिएको थियो । रजत महोत्सवको अवसरमा प्रकासित स्मारिकामा विज्ञापन संयोजक रहेर उत्कृष्ट कार्य गरेकोमा संस्थाका कोषाध्यक्ष थमनसिह गुरुङ सुरक्षा तथा पार्किङ संयोजक उत्कृष्ट कार्य गरेकोमा ज्ञानेन्द्रमान श्रेष्ठलाई उत्कृष्ट संयोजकबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा एसईइ तथा प्लस टुमा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरी तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बुद्ध विशाल वजार व्यापारिक एशोसियसनको रजत महोत्सवको अवसरमा एशोसियसनको लोगो अकित पिन तथा एशोसियसनले प्रकासित गरेको स्मारिकाको गण्डकी प्रदेशका अर्थमन्त्री जीत प्रकाश आलेमगरले विमोचन गरेका थिए ।