पोखरामा रियल चिनियाँ खानाको स्वाद, करिब ३ करोडको लगानिमा चाइनिज गार्डेन

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८० मा प्रकाशित


पोखरामा रियल चिनियाँ खानाको स्वाद, करिब ३ करोडको लगानिमा चाइनिज गार्डेन

पोखरामा रियल चिनियाँ खानाको स्वाद, करिब ३ करोडको लगानिमा चाइनिज गार्डेन

पोखरा, २४ जेठ/ देश अनुसारको भेष र खानाले त्यस देशलाई चिनाउ छ । पछिल्लो समय फिरन्ते जीवन शैलीले गर्दा अरु देशमा पनि देश अनुसारको खाना खान पाइन्छ । देश अनुसारको खानाका स्वादहरु रेष्टुरेन्टले पस्कने गरेका छन् । त्यस्तै पोखरा ६ अम्बोटमा चिनियाँ स्वाद तथा चिनियाँ खाना पस्कनका लािग चाइनिज गार्डेन एण्ड रेष्टुरेष्ट सञ्चालनमा आएको छ । नेपालमा पनि चिनियाँ स्वाद मन पराउनेहरु बढ्दै छन् भने चिनियाँ पर्यटकको पनि पहिलो रोजाइमा पर्ने गर्दछ ।

पोखराको लेकसाइड अम्बोटमा सञ्चालित चाइनिज गार्डेन रेष्टुरेन्टले पनि चिनियाँ पर्यटक र चिनियाँ स्वादका पारखीहरुलाई आकर्षित थप लगानी सहित सेवा विस्तार गरेको छ । पोखरामा बिगत १५ वर्षदेखि सञ्चालित रेष्टुरेन्टमा थप आक्रर्षक, व्यवस्थित र सेवा विस्तार गरेको छ । व्यावसायिक चाइनिज सेफ चाङ ज्याङ सङद्वारा सञ्चालित रेष्टुरेन्टमा पोखराका पर्यटन व्यवसायी गोपी भट्टराईले लगानी गरेका छन् ।

पछिल्लो समय नयाँ व्यवस्थापन तथा सेवा सुविधासमेत थप गरेर रेष्टुरेन्टले लगानी विस्तारसमेत गरेको छ । २ करोड ५० लाख रुपैयाँ भन्दा बढि लगानी गरी रेष्टुरेन्टको स्तरउन्नति गरिएको हो । २ सय ५० जना ग्राहकलाई एकैपटक सेवा प्रदान गर्न रेष्टुरेन्टको क्षमता छ ।

रेष्टुरेन्टको मुख्य उद्देश्य चिनियाँ खानाको स्वादलाई पस्कुन रहेको सञ्चालक गोपि भट्टराई बताउ छन् । ग्राहकको सेवाका लागि ७० जना क्षमताको हलको सुविधा समेत रहेको चाङले जानकारी दिए । सानो मिटिङका लागि भिआइपी हल पनि रहको उनको भनाई छ । रेष्टुरेन्ट सञ्चालक चाङ चीनको फुजेन सहरबाट आएका हुन् ।

पोखरामा १५ वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गरिरहेका चाङसँग चिनियाँ राजदुताबासमा सेफको रुपमा काम गरेको अनुभवसमेत छ । उनले काठमाडौंको याक एण्ड यतिमा पनि सेफ भएर काम गरिसकेका छन् । उनले कोभिडको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन पनि भूमिका खेलेका थिए । व्यवसायको साथै सामाजिक सेवामा पनि संलग्न रहदै आँएका चाङ ओभरसिज चाइनिज एसोसिएसन पोखराका अध्यक्ष समेत हुन् ।

रेष्टुरेन्टमा ९ वटा टेवलमा आफै स्वाद अनुसार पकाएर खान सक्ने पनि उनले बताए । यो पोखराका नौलो पनि भएको उनले बताए । चिनियाँ पर्यटक तथा चिनियाँ स्वादका पारखीहरुको प्रमुख रोजाई बन्न सफल भएको बताउँछन् सेफ चाङ बताउ छन् ।



Tags: