उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका खुलेपछि

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८० मा प्रकाशित


श्री एयरलाइन्स

श्री एयरलाइन्स

काठमाडौं, २३ जेठ/ काठमाडौंदेखी धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ । उडिरहेको विमानको ढोका आकाशमै खुलेपछि ३० मिनेट काठमाडौं फर्काइएको हो ।

जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो । भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो ।

विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

जहाजमा करिब ८० जना यात्रु रहेको र ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको एयरलाइन्सले जनाएको छ ।



Tags: