गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङ मार्गको अध्ययन गर्ने

-


     क्लिक गण्डकी     
     जेठ २२ गते २०८० मा प्रकाशित


सुरुङ मार्ग

सुरुङ मार्ग

पोखरा, २२ जेठ/ गण्डकी प्रदेश सरकारले आउँदो वर्ष ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

तनहुँको भीमाददेखि नवलपुरको डेढगाउँ, नवलपुरको डेढगाउँ झ्यालबास, म्याग्दीको दानादेखि मुस्ताङको घासा, लमजुङको शितलपाटीदेखि नाल्माफेदीसम्मको सुरुङमार्ग आगामी वर्ष सम्भाव्यता अध्ययन गर्न लागेको नीति तथा कार्याक्रममा प्रस्तुत गरेको हो ।

यस्तै, दुई वा सो भन्दा बढी स्थानीय तह जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडकलाई प्राथमिकता दिइएको छ । स्थानीय तहको केन्द्र जोड्ने सडक, प्रादेशिक लोकमार्ग र राजमार्गसँग जोडिने सडकलाई सरकारले निर्माणलाई पूर्णता दिने घोषणा गरेको छ ।

बिद्युतीय गाडीलाई प्राथमिकता दिँदै विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने योजनालाई अघि सारिएको छ ।



Tags: