अरण्यज्योति कप क्रिकेटमा सेमिफाइनल समिकरण पुरा

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०८० मा प्रकाशित


अरण्यज्योति कप क्रिकेटमा सेमिफाइनल समिकरण पुरा

अरण्यज्योति कप क्रिकेटमा सेमिफाइनल समिकरण पुरा

पोखरा, ६ जेठ/ लुम्बिनी विकास बैंक लिमिटेड अरण्यज्योति क्रिकेट प्रतियोगितामा समुह ‘ख’बाट पेलिकेण्स तनहुँ र साँग्रिला क्रिकेट क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा जित हाँसिल गर्दै समान चार अंक सहित यि दुई क्लवले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यो संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब आइतबार हुने सेमिफाइनलमा ग्रुप ए को विजेता अरण्यज्योतीले गु्रप बि को उपविजेता साँग्रिलासंग तथा ग्रुप बि को विजेता तनहुँले ग्रुप ए को उपविजेता बाग्लुङसंग प्रतिस्पर्धा गर्नेछ ।

शनिबारको पहिलो खेलमा साँग्रिलाले पल्सर सिइसीलाई २६ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको साँग्रिलाले कृष्ण कार्कीको ३२ तथा विपिन खत्रीको २५ रनको मद्धतमा पुरा २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । सिइसीका बलरहरु स्वरुप श्रेष्ठले ४ तथा किरण चन्दले १ विकेट लिए ।

प्रत्युत्तरमा सिइसीले पुरा २० ओभरमा ६ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । सिइसीका रित गौतमले ३६ तथा कृष्ण भट्टले १५ रन जोडे । बलिङतर्फ २ विकेट लिएका साँग्रिलाका कृष्ण कार्की म्यान अफ द म्याच चुनिय । अर्का बलर नारायण जोशिले पनि २ विकेट लिएका थिए ।

शनिबारकै अर्को खेलमा तनहुँले राइजिङ पोखरामाथि २ रनको रोमाञ्चक जित निकाल्यो । वर्षाका कारण रोकिने र शुरु हुने भएको खेलमा राइजिङ पोखराले डिएलए नियम अनुसार १२ ओभरमा ८३ रनको लक्ष्य पाएको थियो । तर उसले ७ विकेटको क्षतिमा ८० रन मात्रै बनाउन सक्यो ।

तुले थापाले आक्रामक व्याटिङ गर्दै १० बलमा ३ छक्का सहित १९ रन तथा कप्तान अमृत गुरुङ्गले २६ रनको पारी खेले पनि पोखरा राइजिङ जितको नजिकै पुगेर पनि जित निकाल्न सकेन । त्यसअघि व्याटिङ गरेको तनहुँले २० ओभरमा १ सय १५ रन बनाएको थियो । तनहुँका लागि क्रिस कार्कीले २८ तथा इशान पाण्डेले २६ रन बनाए । राइजिङका बलरहरु कृष्ण पौडेलले ३ तथा अमृत गुरुङ्गले २ विकेट लिएका थिए । खेलमा तनहुँका इशान पाण्डे म्यान अफ द म्याच भए ।