वर्षामा ५० युनिट र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा

-


     क्लिक गण्डकी     
     जेठ ५ गते २०८० मा प्रकाशित


राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल

पोखरा, ५ जेठ/ सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरे ।

नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने घोषणा गरे । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने, खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा गरे ।

सरकारले स्पील (खेरजाने) बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा पनि गरे ।



Tags: