नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भए सम्म सबैलाई कार्वाही गर्नु पर्दछ –नेता ज्ञवाली

-


     क्लिक गण्डकी     
     जेठ ४ गते २०८० मा प्रकाशित


प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली

पोखरा, ४ जेठ/ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि बारवाही हुनुपर्ने बताए ।

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको बताए । उनले जुनहद सम्म प्रमाण पुग्छ त्यहाँ सकैलाई पनि छाड्न नहुने बताए ।

उनले भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छानविन गरेर कार्वाही हुनु पर्ने बताए । अर्को प्रशंगमा उपमहासचिव ज्ञवालीले एमाले म्याराथनमा दौडिरहेकाले कुनै लेगमा पछाडि नपर्ने बताए । उपनिर्वाचिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत परिणामबारे ज्ञवालीले भने, ‘पानीदार घोडाको परीक्षा लामो दौडमा हुन्छ भन्छन् । हामी म्याराथनमा छौं । सय मिटर दौडको रेसमा होइन ।’ सय मिटरमा दौड हार्नेले म्याराथन जित्ने उनको दाबी छ ।

चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प नेकपा एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भिरतापूर्वक हरेको तर नझस्किएको उनको दाबी छ । उनले असन्तृष्टी क्यास गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको बताए ।



Tags: