दुवाथलन तर्फको उपाधी साउद र स्नेहललाई

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०७९ मा प्रकाशित


दुवाथलन तर्फको उपाधी युएईका साउद अलजावी

पोखरा, १९ चैत/ पोखरामा सम्पन्न दुवाथलन पुरुष तर्फको उपाधी युएईका साउद अलजावी र महिला तर्फको उपाधी भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।

२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी ५९ मिनट २७ सेकेन्डमा पुरा गरे । नेपाल ट्राइयाथलन संघको आयोजनमा भएको महिला तर्फ जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितिन् ।

पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे । महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।

दुवाथलन तर्फको उपाधी भारतकी स्नेहल सुनिल जोशी

बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डि.बि. नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।



Tags: