रहेनन् बाराही माविका पुर्व पिटी सर कृष्णराज बराल

-


     क्लिक गण्डकी     
     फागुन १४ गते २०७९ मा प्रकाशित


कृष्णराज बराल

कृष्णराज बराल

पोखरा, १४ फागुन/ बाराही मावि पोखरा ५ मालेपाटनका पुर्व (पिटी मास्टर) कृष्णराज बरालको निधन भएको छ ।

पोखरा ५ शान्तिनगर निवासी बराल करिब २ महिना देखी काठमाडौंमा उपचाररत थिए । काठमाण्डौ छाउनी हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान निधन भएको थियो ।

सामाजिक कार्यमा सक्रिय रहॅदा रहॅदैं मनकामना मन्दिर परिसरमा दुर्घटनामा परी घाईते हुनुभएका बरालको उपचारका क्रमममा मृत्यु भएको हो ।

बाराही माविमा लामो समय पिटी मास्टरको काम गरेका थिए । उनको शवलाई सोमबार बिहान ८ बजे शवयात्रा सहित पोखरामा अन्तेष्टी गरीने परिवारले जानकारी दिएको छ । उनका एक श्रीमती र दुई छोरा छन् ।



Tags: ,