पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

-


     क्लिक गण्डकी     
     फागुन १४ गते २०७९ मा प्रकाशित


पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग

पोखरा, १४ फागुन/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतवार सूचना निकालेर फागुन १८ गतेदेखि २७ गतेसम्म दिनको चार घण्टा सडक बन्द गर्ने जानकारी गराएको हो ।

सडक राति १२ बजेदेखि बिहानको ४ बजेसम्म बन्द हुने छ । पृथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ ।

अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने लगायतका कामहरू भइरहेको छ । स्थानीय र सरोकारवालाले सडक निमार्णका काम ढिला भएको भन्दै विरोध गर्दै आएका छन् ।



Tags: , ,