पोखरा, १४ फागुन/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतवार सूचना निकालेर फागुन १८ गतेदेखि २७ गतेसम्म दिनको चार घण्टा सडक बन्द गर्ने जानकारी गराएको हो । सडक राति १२ बजेदेखि बिहानको ४ बजेसम्म बन्द हुने छ । पृथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने लगायतका कामहरू भइरहेको छ…
पुरा पढौ