
चोरी
पोखरा, ६ माघ/ पछिल्लो समय गण्डकी प्रदेशका कास्की, स्याङया, गोरखा लगाएका जिज्लामा चोरीका घटना बढेका छन् । शुक्रबार राती पोखरामा रहेको राष्ट्रिय समाचार समितिको अफिस फोडेको छ ।
अफिसमा रहेका ढोका फोडेर दराजहरु फोडेको प्रहरीले जानकारी दिएको छ । अफिसका कागजपत्र यत्रतत्र छरेको भेटिएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी केही दिन अगाडी पोखरा १३ का संजयकान्त सिग्देलको घर फोडेर सुनका गहना र पैसा लगेको उनले बताए ।
त्यसै गरी माघ तेस्रो साता स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारी सहित विभिन्न गाउँमा चोरी भयो । सिरुबारीका १४ घरमा चोरी भयो भने वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्ट स्टोर लगायत विभिन्न पसलहरूमा चोरी भयो । स्याङ्जाका अन्य गाउँहरूमा पनि चोरीका घटना भएको स्थानीयले बताए ।
त्यसै गरी गोरखा बजार स्थित बसपार्क नजिक रहेको नवील बैंक र तीन वटा पसलमा चोरी भएको हो । बैंक फुटाएपनि नगद चोरी भने नभएको गोरखा प्रहरीले जनाएको छ । गार्ड नभएको मौका छोपी बैंकको चाबी हात पारेर यत्रतत्र पैसा खोजेको तर चोर्न नसकेपछि छोडेको प्रहरीको भनाई छ । पछिल्लो समय गण्डकीका विभिन्न जिल्लाहरूमा शृङ्खलाबद्ध रूपमा चोरी भइरहेका छन् ।





