
चन्द्र भण्डारी
काठमाडौं, ४ फागुन/ ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।
काठमाडौं बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो । भण्डारीको ८६ वर्षकी आमा हरिकला भण्डारी समेत घाइते भएकी छन् ।
उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहको छ । चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र आमाको ७० प्रतिशतको हाराहारी शरिरको भाग जलेको छ ।
राती खाना खाएर सुति सकेपछि ग्यास बिस्पोट भएको थियो । गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय साम्सदमा विजयी भएका थिए ।





