काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०७९ मा प्रकाशित


काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव

काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव

पोखरा, २२ माघ/ पोखरा ११ काहुँ डाँडामा पर्यटन प्रवद्र्धन गर्न फागुन पहिलो साता काहुँ धरहरा महोत्सव हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास उद्देश्यका साथ महोत्सव आयोनजा गर्न लागेको महोत्सवका संयोजक देवबहादुर गुरुङले जानकारी दिए ।

महोत्सव क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास टेवा पुग्ने उनको विश्वास छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट आक्रर्ण रहेका छन् ।

महोत्सवमा करिब ४६ लाख खर्च हुने र करिब ५२ लाख आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ । महोत्सवको बचत रकम पर्यटन पूर्वाधार निर्माण खर्च गर्ने लक्ष्य रहेको उनले बताए ।



Tags: , ,