प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथे फुटबल क्लबलाई

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०७९ मा प्रकाशित


प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथे फुटबल क्लबलाई

प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथे फुटबल क्लबलाई

पोखरा, ७ माघ/ नेपाल उद्योग तथा ब्यवसायी संघ पोखरा महानगरको आयोजनामा भएको प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथे फुटबल क्लबले जितेको छ ।

चाउथे फुटबल क्लबले नदिपुर फुटबल क्लबलाई फाइनलमा ४–० गोलले हराउदै उपाधि जितेको हो । चाउथेले उपाधि सगँै नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बन्दै नदिपुर फुटबल क्लबले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी चाउथेका रोसन नेपाली, उत्कृष्ट गोल किपर चाउथे फुटबल क्लब कै सुदिप सुनार भए । हाई स्कोर भाइवस बुटवल क्लबका रुविन गुरुङ्गले जितेका छन् । प्रतियोगितामा १८ टिमको सहभागीता रहेको नेपाल उद्योग तथा ब्यवसायी संघ पोखरा महानगर कमिटिका सचिब हेमराज भण्डारीले जानकारी दिए ।

प्रतियोगिताका विजेता खेलाडीलाई गण्डकी प्रदेशका सांसद गणेश गुरुङ, नेपाल उद्योग तथा ब्यवसायी संघ पोखरा महानगर कमिटिका अध्यक्ष हरि भुजेल लगाएतले पुरस्कार वितरण गरेका थिए ।