नेपाल रेड्क्रस सोसाइटी कास्कीको अध्यक्षमा डण्डराज पौडेल चयन

-


     क्लिक गण्डकी     
     पौष ३० गते २०७९ मा प्रकाशित


डण्डराज पौडेल

डण्डराज पौडेल

पोखरा, ३० पुस/ नेपाल रेड्क्रस सोसाइटी कास्की उपशाखाको १६औ जिल्ला अधिबेशनेबाट अध्यक्षमा डण्डराज पौडेल चयन भएका छन् ।

त्यसै गरी उपसभापतिमा धर्मराज अधिकारी र उर्मिला खड्का भण्डारी, मन्त्रीमा सुरेन्द्र गुरुङ र उपमहामन्त्रीमा रमा कोइराला निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने चुनाब भएको छ ।

कोषाध्यक्षमा सन्तोष अधिकारी र राजेश घिमिरे प्रतिस्पर्धामा रहेका छन् । त्यसै गरी सदस्यहरुका लागि पनि चुनाब भएको छ । अहिले मतगणना भइरहेको छ ।



Tags: