पोखरामा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष २१ गते २०७९ मा प्रकाशित


करेन्ट

करेन्ट

पोखरा, २१ पुस/ पोखरामा एक युवकको छतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु भएको छ ।

पोखरा–१६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाइनबाट करेन्ट लागेको थियो ।

बिहीबार बिहान करिब साढे ९ बजे करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।



Tags: