
बेनेलीको एक्सक्लुसीभ शोरुम पोखरामा
पोखरा, २० मंसिर/ बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा रहेको छ ।
बेनेलीले ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको बताएको छ । अहिले नेपालको विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।
यो शोरुममा ३ एस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुने कम्पनीले बताएको छ । पोखरामा नयाँ शोरुम खोलेसँगै ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने कम्पनीको विश्वास छ।
बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे बताइएको छ ।
विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको हो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरू निर्माण गर्छ जुन बलियो र स्पोर्टी दुवै छ ।
यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो । नेपाली बजारमा टिएनटी १३५, टीएनटि १५, पनेरा १२५, टिएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टिआरके २५१, ६०० आई र ७५२ एस मोडलहरू उपलब्ध छन् । यी मोडलहरू नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका रहेका कम्पनीको भनाइ छ ।
S.NO. MODEL SEGMENT DISPLACEMENT MRP
- TNT 135 Naked 135 cc 2,74,900/-
- TNT 15 Commuter 150 cc 2,64,900/-
- PANAREA 125 Scooter 125 cc 3,34,900/-
- TNT 150i Commuter 150 cc 3,79,900/-
- 180s Naked 180 cc 4,54,900/-
- 180s Neon Naked 180 cc 4,64,900/-
- 302s Naked 300 cc 10,49,900/-
- 302s Neon Naked 300 cc 10,74,900/-
- TRK 251 Touring 250 cc 8,24,900/-
- 600i Racing 600 cc 23,58,000/-
- 752s Naked 750 cc





