सहारा क्लब र हिमश्री फुड्सबीच फुटलब प्रतियोगितका लागि २ करोड ७१ लाखको सम्झौता

-


     क्लिक गण्डकी     
     मंसिर १३ गते २०७९ मा प्रकाशित


सहारा क्लब र हिमश्री फुड्सबीच फुटलब प्रतियोगितका लागि २ करोड ७१ लाखको सम्झौता

सहारा क्लब र हिमश्री फुड्सबीच फुटलब प्रतियोगितका लागि २ करोड ७१ लाखको सम्झौता

पोखरा, १३ मंसिर/ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताका लागि सहारा क्लब र हिमश्री फुड्स बीच १० बर्षिय सम्झौता भएको छ ।

मंगलबार हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । २०८८ सम्म भएको सम्झौता बमोजिम हिमश्रीले २ करोड ७१ लाख क्लबलाई प्रदान गर्नेछ ।

मुख्य प्रायोजनवापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ हजार र २०८८ सालमा २७ लाख रुपैयाँ चरणबद्ध रुपमा बुझाउने सहमति भएको छ । यस्तै, प्रतियोगिताको व्यवस्थापकीय पक्षको लागि प्रत्येक बार्षिक रुपमा पहिलो ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र २०८८ मा ७ लाख रुपैयाँ प्रदान गर्ने छ ।

२०५९ सालमा आहा गोल्डकपको नाउँबाट १० वर्षको सम्झौता गरेको हिमश्रीले लगातार सम्झौता गर्दै आएको छ । सम्झौता कार्यक्रममा हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रकाश केसीले बाबु स्व. सूर्यबहादुर केसीको खेल लगायत विभिन्न क्षेत्रमा सहयोगको भावनाको स्मरण गरे । उनीहरुले प्रायोजनले फुटबल विकासमा टेवा पुग्ने अपेक्षा गरे ।

पोखराका समाजसेवी, उद्योगी एवं पूर्व सभासद् सूर्यबहादुर केसीको पहल र सक्रियतामा २०५९ सालमा आहा गोल्डकपमा हिमश्री फुड्सको उत्पादन आहा तयारी चाउचाउले मुख्य प्रायोजनको सम्झौता गरेको थियो ।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिता पुस १४ देखि पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् । सहारा एकेडेमीमा हाल तेस्रो ब्याचका १३ जना बालक आश्रित छन् ।