
नेपाली कांग्रेस
पोखरा, ८ मंसिर/ अन्तर्घात गरेको भन्दै काङ्रेसका युवाहरुले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कास्की जिल्लाका निवर्तमान सभापती कृष्ण केसीविरुद्ध नारावाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नारावाजी गरेका हुन् । युवाहरुले कृष्ण केसी विरुद्ध अन्तरधाती मुर्दावाद नारा लगाएका थिए ।
कास्कीका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्रनम्बर १ र कास्की १ क मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । सो क्षेत्रमा कांग्रेस कास्कीका सभापति समेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ क का उमेद्वार हारेपछि कांग्रेसमा अन्तरघात भएको चर्चा चल्न थालेको छ ।
कृष्ण केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै माइला निकट समूहले नाराबाजी गरेको बताइएको छ । कास्की मादी गाउँपालिकाका सभापति यम गुरुङले दिउँसो फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको बताएका छन् ।
कास्कीमा एक प्रतिनिधि सभा र तीन प्रदेश सभा सदस्यका लागि कांग्रेसले उम्मेदवार उठाएकोमा कास्की २ ख का उम्मेदवार विन्दु थापाले जित निकालेका छन् । क्षेत्र नम्बर ३ ख मा प्रकाश बराल नेकपा एमालेका उम्मेदवार राजिव पहारीले पछी पारेका छन् ।





