कास्की ३ (ख) मा करिब २९ हजार मत खस्यो (कुन वडामा कति)

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०७९ मा प्रकाशित


पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र ३ ख मा २८ हजार ९ सय ५५ मत खसेको छ । ४८ हजार ८ सय ५३ जना मतदाता रहेका छन् । यो क्षेत्रमा ६ जनाले उमेद्वार रहेका छन् ।

त्यस मध्ये नेकपा एमालेका राजिब पहारी र नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल बिच मुख्य प्रतिस्पर्धा देखीएको छ ।

अघिल्लो निर्वाचमा एमालेका उमेद्वार राजिब पहारीले १६ हजार १ सय ६७ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका सिकन्दर गुरुङले १० हजार ८ सय ७६ मत प्राप्त गरेका थिए ।

कास्की ३ ख मा जम्मा खसेको मत

अन्नपूर्ण गाउँ पालिका वडा न. 1-1449 2- 1235 3- 1573 4- 1364 5- 840 6- 1046 7- 840 8- 830 9- 434 10- 962 11- 891 पोखरामहानगर वडा 5 – 3448 6- 3316 22- 4350 23- 2640 24- 3737



Tags: ,