
कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्बिक नतिजा अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ ।
मतपेटिएका ल्याउन क्रमजारी रहेको भन्दै प्रारम्बिक नतिजा अनुसरा ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।
कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।





