स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज ३१ गते २०७९ मा प्रकाशित


स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापाले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । थापाको यो ह्याट्रिक पदक हो । उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे ।

तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते ।बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।



Tags: