जयरानीले जितिन् कीर्तिमान सहित दोश्रो स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज ३१ गते २०७९ मा प्रकाशित


जयरानी थारु

जयरानी थारु

पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबकी जयरानी थारुले व्यक्तिगत दोश्रो स्वर्ण जितेका छिन् । उनले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् ।

जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमान सहित स्वर्ण जितेकी थिईन् ।

आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डमा दुरी परा गर्दै कांस्य पदक जतेकी छिन् ।



Tags: ,