
नविन कार्की
पोखरा, ९ मंसिर/ नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले मंगलबार साँझ सरुवा सूची सार्वजनिक गरेको हो।
सरुवाअनुसार कास्कीका प्रहरी प्रमुख नवीन कार्कीको स्थानमा मोहनबहादुर खाण आउने भएका छन्। कार्कीको मानव बेचबिखन अनुसन्धान ब्युरो, मानव बेचबिखन अनुसन्धान शाखा काठमाडौंमा सरुवा भएको छ। उक्त स्थानमा यसअघि हरि बहादुर वली कार्यरत थिए।
त्यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत श्यामु अर्याल जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा भएका छन्।
गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्कीमा कार्यरत सुनील मल्लको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, अनुसन्धान योजना तथा विकास शाखा रामशाहपथमा सरुवा भएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत दीपक खड्काको नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नेपाल प्रहरी अंगरक्षक गण नक्साल काठमाडौंमा सरुवा भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार अन्य प्रहरी उपरीक्षकहरूको पनि विभिन्न कार्यालयमा सरुवा गरिएको छ।







