एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

-


     क्लिक गण्डकी     
     कार्तिक १२ गते २०८३ मा प्रकाशित


एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

पोखरा, ११ कात्तिक/ नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साझँ ५ बजे हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो । गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो ।

यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने जित निकाल्दै अंक तालिकामा आफूलाई अगाडि बढाउने रहनेछ ।

टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटको पराजय भोगेको थियो । त्यसैले सुदूरपश्चिम यस संस्करण उपाधि च्यूतहुनुको पीडा भूलाउन उपाधि दौडामा आफूलाई कायम राख्ने लक्ष्यमा छ ।

अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।