
नेपाली काँग्रेसको जनमत फर्काउन गाउँ गाउँ सम्म अभियान सुरु हुन्छ – सभापति गगन थापा
कार्तिक १०, पोखरा/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हराएका मतदाता खोज्न र पार्टीलाई जनतासँग जोड्न कांग्रेस अब गाउँ पस्ने बताएका छन् ।
विपी स्मृति पुस्तकालय गण्डकीले आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले अघिलो निर्वाचना नेपाली काग्रेसको मत घटेको भन्दै मतदातालाई काग्रेस मै फर्काउन पार्टी जतना सम्म पुग्नु पर्ने बताए ।
पार्टीले आगामी मंसिर महिना भरि देशव्यापी रूपमा एक महिने विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । सभापति थापाले भन्नुभयो, “विगतका निर्वाचन वा विभिन्न कारणले हामीलाई छोडेका र टाढिएका मतदाताहरूलाई पुनः पार्टीमा जोड्नु नै यो अभियानको मुख्य लक्ष्य हा् । हामी गाउँ–गाउँ पुगेर ती आम मतदाताका प्रश्न, असन्तुष्टि र गुनासाहरू प्रत्यक्ष सुन्नेछौँ र तिनलाई सम्बोधन गर्दै अगाडि बढ्नेछौँ ।“
उनले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे जानकारी गराउनुपर्नेमा जोड दिए । विगतमा पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपाली काग्रेसमा चार पुस्ता भएका कारण अघिल्लो पुस्ताको अनुभव नयाँ पुस्ताको प्रविधिलाई सँग सँगै लैजानु पर्ने बताए । उनले मुलुकमा विद्यमान आजका आर्थिक र राजनीतिक समस्याहरूको सही समाधान कांग्रेसले मात्र गर्न सक्छ बताए । यो अभियानले पार्टीभित्र नयाँ ऊर्जा थप्ने र आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने बताए ।
उनले पार्टी भित्रका गुटको पनि अन्य भएको बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरु काग्रेसलाई बदल्न पुरानो पुस्तालाई छाडेर नयाँ पुस्ता तर्फ लागेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट नेपाली काग्रेसलाई लामो समय देखि योगदान दिएका एक एक जनालाई नगद २५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।







