पोखरामा आइतबार दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव

-


     क्लिक गण्डकी     
     कार्तिक ८ गते २०८३ मा प्रकाशित


पोखरामा आइतबार दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव

पोखरामा आइतबार दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव

पोखरा, ७ कात्तिक/ पोखरामा आइतबार दसैँ सस्कृतीका बारेमा जानकारी दिन दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुदैछ । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो ।

पोखरा ६ लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत पिङलगायतका कार्यक्रमको आयोजना गरिएको महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा गर्दै आयोजकले दसैँको टीका र जमारा विदेशी पर्यटकलाई लगाएर नेपाली परम्परा बारे जानकारी दिने उनले बताइन् । दसैँ पर्वलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउने उनको भनाई छ ।

कोजाग्रत पूर्णिमाका दिन बिहान खहरे चोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन झाकी सहित र्‍याली आयोजना गर्ने महोत्सवकी संयोजक उमा भण्डारीले बताइन् । पर्यटकलाई टीका लगाउने मुल कार्यक्रम साथै खेलकुद र सास्कृतिक कार्यक्रम हुनेछन् ।