तालबाराही माविलाई नाफा र भार्गो बिल्डर्सको १५ लाख बराबरको बालमैत्री फर्निचर

-


     क्लिक गण्डकी     
     असाेज १९ गते २०८३ मा प्रकाशित


तालबाराही माविलाई नाफा र भर्गोविल्ड्सको १५ लाख बराबरको बालमैत्री फर्निचर

तालबाराही माविलाई नाफा र भर्गोविल्ड्सको १५ लाख बराबरको बालमैत्री फर्निचर

पोखरा, १९ असोज/ पोखराको बैदाम स्थित तालबाराही माविलाई १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर सहयोग प्राप्त गरेका छ ।

नेपाल अस्ट्रेलिया फ्रेण्डसिप एशोसियसन (नाफा) ब्रिसबेन अस्टे«लियाले ७ लाख र भार्गो बिल्डर्स एण्ड ट्रेड पोखराले ८ लाख गरेर बराबरको बालमैत्री फर्निचर सोमबार सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक द्रोणराज भुर्तेलले बताए ।

कक्षा १ देखि ७ कक्षा सम्मका विद्यालयका विद्यार्थीकालागि आवश्यक फर्निचर विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष गोविन्दराज पहारीको पहलमा नेपाल अस्ट्रेलिया फ्रेण्डसिप एशोसियसन (नाफा) ब्रिसबेन अस्टे«लिया र भर्गोविल्ड्स एण्ड ट्रेडस पोखराबाट प्राप्त भएको पनि सहायक प्रधानाध्यापक भुर्तेलले बताए ।

फर्निचर हस्तान्तरण कार्यक्रममा बोल्दै भर्गोविल्ड्स एण्ड ट्रेडस पोखराका संस्थापक विपिन भण्डारीले विद्यार्थीको पढाईलाई सहज बनाउने कार्यमा सहयोगी बन्ने पाएकोमा खुशी व्यक्त गरे ।

भण्डारीले आफू पनि सरकारी विद्यालयमा घर धन्दा गर्दै अध्ययन गरेको बताउँदै मेहनत गरेर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । स्वदेशमै उद्यमशीलताबाट आफू खुशी रहेको बताउँदै भण्डारीले नाफा अस्टे«लिया र आफ्नो संस्थाले विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा ताल वाराही माविका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले आफ्नो अध्यक्षको ६ महिने कार्यकालमा विद्यालयको शैक्षिक, भौतिक अवस्थाको सुधार र विद्यालयको जग्गा संरक्षणको काम गरेको बताए । फर्निचर प्राप्तिले बालबालिकालाई सहजपुरमा अध्ययन गर्न सुविधा मिल्ने बताउँदै सहयोग दातालाई धन्यवाद दिए ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष जगबहादुर पहारीले विद्यालयमा गुणस्तरीय पढाईमा ध्यान दिन सुझाए । पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विद्यार्थीको सहज पठनपाठनलाई सहयोग गर्ने कार्यले विद्यार्थीलाई अध्ययन गर्न थप हौसला मिल्ने बताए । कार्यक्रममा सहभागीलाई विद्यालयका सहायक प्रधानाध्यापक यदु पोखरेलले स्वागत गरेका थिए ।