
चोरी
पोखरा, २३ भदौ/ पोखरा महानगरपालिका–१९ चितेपानीस्थित एक सहकारी संस्थामा चोरी भएको छ। सहकारीको मुख्य गेटको ताला फोडेर कार्यालयभित्र प्रवेश गरी सिसिटिभिको डिभिआर बक्स चोरी भएको छ ।
सोमबार राति पोखरा–१९ चितेपानीस्थित अकलादेवी महिला बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो।
सहकारीको मुख्य गेटको ताल्चा फोडिएको र कार्यालय कोठामा रहेको सिसिटिभिको डिभिआर बक्स चोरी भएको छ ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





